एमाले गण्डकीले २५ करोड उठाएर भवन बनाउँदै

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशले अत्याधुनिक भवन बनाउने भएको छ ।
बिहीबार बसेको एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकमा प्रदेश इन्चार्ज एवम् पार्टी सचिव गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाए । त्यसका लागि २५ करोड संकलन गर्ने योजना रहेको बताए ।
विष्टले प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेहरूले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गरे । भवनमा सभा हल, पार्टी र जनसंगठनको कार्यालय रहने छन् ।
बैठकमा गण्डकीका नेताहरू उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हरतरहले सहयोग गर्ने बताए । उनीहरूले यो अवसरमा पार्टीका सदस्यहरू, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गरे ।
भवन निर्माणका लागि पहल लिएकामा इन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिँदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्काे बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया