प्रधानमन्त्रीले भने : इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएका छन् । अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईकाे निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन् ।
आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ/छैन भनेर निर्क्योल गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको पनि उनले जानकारी दिइन् ।
आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई./बी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पुर्याएको थियो ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया