प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचिएको छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित तिलगंगा आँखा अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताए ।
बस्नेतले सरकारले मधेश प्रदेशको विरगञ्जलाई मिर्गाैला प्रत्यारोपण केन्द्रका रूपमा विकसित गर्न खोजेको उल्लेख गरे । त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने गरी काम अगाडि बढीरहेको बताए । उनले कर्णाली प्रदेशमा आँखाको विशेषज्ञ सेवा दिने गरी कामहरू अगाडि बढेको र त्यसैको पाइलास्वरूप दुई अस्पतालका बीचमा सहमति आदान प्रदान भएको उल्लेख गरे ।
उनले यसै अनुरूप अन्य प्रदेशहरूमा पनि खास, खास रोगको विशेषज्ञ सेवा दिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले आँखा सम्बन्धी समस्याको उपचार संघीय राजधानी, प्रदेश राजधानी र केही विकसित शहरहरूमा बाहेक अन्त कमजोर देखिएको भन्दै सो अवस्थालाई सुधार गर्नुपर्ने बताए ।
मन्त्री बस्नेतले आज भएको सहमति अनुरूप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फोकल पोइन्ट’ बनाएर तिलगंगा आँखा अस्पतालले आफ्ना सम्पूर्ण शक्तिहरूलाई परिचालन गरी कर्णाली प्रदेशका दुर्गम गाउँ, बस्तीहरूमा गएर आँखा सम्बन्धी स्वास्थ्य सेवा दिने बताए । अस्पतालहरूलाई पर्ने समस्याहरू समाधानका लागि मन्त्रालय सधैं तत्पर रहेको बताए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया