१२ कक्षासम्म निःशुल्क शिक्षा दिने कुरा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायो : भट्टराई

काठमाडाैँ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने जिकिर गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले राज्यले संविधानमा लेखिसकिएको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।
सरकारले आउँदै गरेको संघीय शिक्षा ऐनबाट पनि यस कुरालाई कसैको दबाबमा हटाएको भन्ने सूचना आफूले पाएको भन्दै कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने जिकिर गरे ।
पूर्वप्रधानमन्त्री भट्टराईले ल्याउन खोजिएको कुरालाई पनि विरोध गरेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने कुरा संघीय शिक्षा ऐनबाट हटाउन सरकारले खुट्टा कमाएको बताए । उनले लगानी गरेका निजी संस्थाहरूले ट्रस्ट बनाएर परोपकारी रूपमा देखिने गरी शिक्षा दिनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिने बताए । उनले अब शिक्षा सीमित मान्छेले मात्रै प्राप्त गर्ने कुरा नरहेको बताए । उनले अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्ने र त्यसको दायित्व राज्यले लिनुपर्ने समेत बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अब शिक्षा भनेको सीमित मान्छेले मात्रै प्राप्त गर्ने कुरा होइन । भगवानको आराधना गर्ने मान्छे, राजा महाराजाको निम्ति कार्य गर्ने मान्छे अथवा सीमित पुँजीपतिका निम्ति मात्रै काम गर्ने मान्छेले मात्रै होइन ।'
पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्को थरीले शिक्षाको महत्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको भन्दै द्वैध शिक्षा नीति अन्त्य हुनुपर्ने बताए ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया