धरानका राजनीतिक दलले भने : भोलि हुने पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्नू

काठमाडौँ- धरान उपमहानगरपालिकाभित्र रहेका राजनीतिक दलले शनिबार हुने कार्यक्रमको स्थगन गर्न माग गरेका छन् ।
शुक्रबार विभिन्न राजनीतिक दलले सर्वदलीय विज्ञप्ति जारी गरेर धरानमा देखा परेको धार्मिक, सांस्कृतिक विवादका विषयहरूलाई सर्वपक्षीय सर्वदलीय वार्ताको माध्यमद्वारा समाधान गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशंका उत्पन्न भएकाले चिन्तित बनाएको विज्ञप्तिमा बताइएको छ ।
नेकपा एमालेका नगर अध्यक्ष, नेपाली कांग्रेसको नगर सभापति, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष सुर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुव राई, रास्वपा संयोजक राजेशमान श्रेष्ठ, राप्रपा धरानका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेससपा कोशी प्रदेश इन्चार्ज दिनेश राई हाङछा, इन्चार्ज सलोराम भुपेन्द्र सुन्दर लावती, राजमुपा नेपाल उपमहासचिव विष्णु थाम्देन, किखसपा केन्द्रीय कमिटी अध्यक्ष भुपी कोयी र विवेकशील साझा पाटीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठसहितको संयुक्त हस्ताक्षर भएको विज्ञप्तिमा धरानमा आयोजना गर्न लागिएको पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन आग्रह गरिएको छ ।
सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलबलिने खालको पोष्टहरू प्रकाशन नगर्न विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा भनिएको छ, 'सामाजिक सञ्जालमा पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन हार्दिक अनुरोध गर्दछौं । सम्बन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौं ।‘
जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई गरी सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगर्न सर्वदलीय बैठकले अनुरोध गरेको छ ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_0LrmBJpQrh_3ihiq0mtc9iv9wwwq7v1p75hfgveyzf7sjd6cfpowy2nkyx6qgpsahn6rose.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया