हिमाल सफा गर्दा सेनाले फेला पार्यो दुई शव
६ हिमालबाट २६ हजार बढी फोहोर संकलन

काठमाडौँ : नेपाली सेनाले 'सफा हिमाल अभियान २०११' कार्यक्रम अन्तर्गत फेला पारेको एक अमेरिकी नागरिकसहितको दुई शव काठामाडौँ ल्याएको छ । सेनाले दुई वर्ष अगाडि सगरमाथा आरोहणपछि फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकी नागरिक ६२ वर्षीय क्रिष्टोफर कुलीश र पहिचान नखुलेको शव वैशाख २९ र ३१ गते ढुंगाको चेपमा फेला पारेको थियो ।
'सफा हिमाल अभियान २०११' डेट बडी रिकभरी टीमले उक्त शवहरू गत वैशाख ३० गते र जेठ ९ गते दोस्रो शिविरबाट ल्याउन सफल भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । सेनाले प्रहरीको मुचुल्कासहित दुई शव व्यवस्थापनका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा बुझाएको छ ।
त्यसैगरी 'सफा हिमाल अभियान २०११' अन्तर्गत विभिन्न ६ हिमालबाट २६ हजार ९ सय २७ किलो ग्राम फोहोर संकलन गरेको छ । पुनः प्रयोगमा ल्याउन मिल्ने १० हजार ९ सय १० किलोग्राम फोहोर सम्बन्धित निकायलाई हस्तान्तरण गरेको मुख्यालयले जनाएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया