गायन तथा नृत्य विधामा संगीत स्टारको तेस्रो संस्करण हुने
काठमाडौँ- गायन तथा नृत्य विधामा अवसर खोजेकाहरूलाई स्थान दिने उद्देश्यका साथ संगीत स्टारको तेस्रो संस्करण हुने भएको छ । पहिलो र दोस्रो संस्करणपछि कोरोनाकालमा रोकिएको टेलिभिजन रियालिटी शो ‘संगीत स्टार’लाई निरन्तरता दिन लागेको कार्यक्रम निर्माण कम्पनि संगीत फिल्मस्’ले बताएको छ ।
गायन र नृत्य विधा जोडिएका क्षमतावान् प्रतिभालाई स्थान दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम निर्माता तथा प्रस्तोता संगीत बस्यालले बताए ।
दशैंपछि सुरू हुने संगीत स्टारको तेस्रो संस्करण अन्तरगत आगामी कार्तिक २८ देखि पौष २८ गतेसम्मलाई डिजिटल अडिसन तोकिएको छ । डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिभाहरूको फिजिकल अडिसन माघ २३ बाट सुरू हुने बस्यालले बताए । फिजिकल अडिसन देशका सातै प्रदेशमा सञ्चालन हुनेछन् ।
खुल्ला प्रतिस्पर्धाबाट अडिसन सञ्चालन हुँदा गायन र नृत्य विधामा इच्छुक जो कोहिले यो प्रतिस्पर्धामा सहभागि जनाउन सक्नेछन् । दुवै विधाका उत्कृष्ट प्रतिभा छनोट हुँदा पहिलो हुनेले २५ लाख प्राप्त गर्ने संगीत फिल्मस्’ले बताएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया