वीरगञ्ज महानगरले माग्यो सरकारसँग खोप खरिदका लागि अनुमति

वीरगंज : वीरगञ्ज महानगरपालिकाले नगरवासीहरूको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्री समक्ष माग गरेको वीरगंज महानगरका मेयर विजय सरावगीले जानकारी दिए ।
सरकारले तोकेको सबै मापदण्डहरू पूरा गरेर आफूहरू खोप खरिद गर्न तयार रहेको र सरकारले दिएको मापदण्ड अनुसार नै नगरबासीलाई खोप लगाइने नगर प्रमुख सरावगीले स्पष्ट पारे । नगर प्रमुख सरावगीले अमेरिकी र रसियन खोप राम्रो रहेको र सरकारले अनुमति दिएको खण्डमा मगाएर नगरबासीलाई लगाउने बताए । ती देशमा प्राइभेट कम्पनीहरूले नै खोपको डिल गरिरहेको र आफूसँग पनि ती कम्पनीसँग सिम्झौता गर्न सक्ने संयन्त्र रहेको मेयर सरावगीको दाबी छ । महानगरपालिकाले कम्तीमा एक लाख महानगरबासीलाई खोप लगाउने लक्ष्य लिएको उनले बताए ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया