सुदूरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै गौरा पर्व

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन आज अठवली अर्थात् अष्टमी हो। आजको दिन गौराको विशेष पूजाआजा गरी मनाइँदैछ। विभिन्न कामविशेषले उपत्यकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेली काठमाडौंको टुडीखेलमा आज गौरा पर्व मनाउँदैछन्। शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला पुरुष मिलेर डेउडा खेल्ने चलन छ।
भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने सुदूरपश्चिमेलीको महान पर्व गौरापर्वको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।
भदौ शुक्ल पञ्चमीका दिन ब्रत बसी केराउ, गहुँ, मास,गहत र गुरौस मिश्रण गरी (जसलाई विरुडा भनिन्छ) तामाको भाँडामा भिजाएपछि गौरा पर्व सुरु हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन विरुडा भिजाउने भएकाले सुदूरपश्चिममा यसदिनलाई विरुडा पञ्चमी भन्ने गरिन्छ।।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको धुमधामका साथ पूजापाठ गर्ने चलन छ।
सुदूरको मौलिक संस्कृति झल्किने गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ।
गौरा पर्वको उपलक्ष्यमा प्रदेश सरकारले आज र भोलि दुईदिन प्रदेश भरी सार्बजनिक बिदा समेत दिएको छ ।

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_DNMDxuzm97_pmdjhavyziu9cuaewwze1t54mwh4gskyn17pjhzlvn7f2pryog04uzhpix9j.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

प्रतिक्रिया