लुम्बिनीका विपक्षीले प्रदेश प्रमुखको कार्यालयसँग मागे मुख्यमन्त्रीको नियुक्ति र सांसदहरूको हस्ताक्षरसहितका कागजात
बुटवल : लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरूको हस्ताक्षरसम्मका कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरू हस्ताक्षरसहितको व्योहरा प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा र सुचनाको हक सम्बन्धी २०६४ दफा ३ बमोजिम माग गरिएको हो ।
नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन , जसपा सचेतक पुर्मती ढेगा र राजमो नेता तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाकेको प्रदेश सभा विशेष अधिवेशनसम्बन्धी पत्र, मुख्यमन्त्री शंकर पोखरलले दिएको राजीनामालगायतका कागजात माग गरेका हुन् । अधिवेशन अन्त र पोखरेलले एमाले संसदीय दलको नेता रूपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको निवेदनसँगै पुनः नियुक्तिको कागजपत्र माग गरिएको हो ।
यस्तै कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्ति प्रस्तावसहित हस्ताक्षर निवेदनसहित अन्य कागजपत्र माग गरिएको कांग्रेस सचेतक क्षेत्रीले जानकारी दिइन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया