युरो २०२०ः सर्जियो रामोस स्पेनी टिममा परेनन्, कप्तानी सर्जियो बुस्क्वेट्सलाई

काठमाडौँ: स्पेनका नियमित कप्तान सर्जियो रामोस आउँदो युरो खेल्नबाट बञ्चित हुने भएका छन् । स्पेनका प्रशिक्षक लुइस एनरिकेले युरो २०२० का लागि सोमबार घोषणा गरेको टोलीमा रामोस परेका छैनन् । स्पेनले सन् २००८ र २०१२ मा युरो जित्दा रामोस टिम कप्तान थिए । अब स्पेनी टोलीको कप्तानी बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्क्वेट्सले गर्नेछन् ।
रोमोस स्पेनीमा टिममा नअटे पनि म्यानचेस्टर सिटीका एमेरिक लापार्टेले भने मौका पाएका छन् । फ्रेन्च रक्षक लापार्टेले हालै मात्रा स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरेका थिए । उमेर समूहका प्रतियोगितामा फ्रान्सको प्रतिनिधित्व गरेका लापोर्टेलाई सिनियर टिममा भने मौका दिइएको थिएन । जसका कारण उनले आउँदो युरोबाट राष्ट्रिय टिम परिवर्तन गर्ने निधो गरे ।
भर्खरै सकिएको ला-लिगामा यस सिजन रामोसले थोरै खेल खेले । पटक-पटक चोट बोकेका रामोसले रियल म्याड्रिडबाट १५ लिग खेल खेल्ने मौका पाए । क्लबमा थोरै खेल खेलेकाले रामोसलाई राष्ट्रिय टिममा राख्न नसकिएको एनरिकेको भनाई थियो । ‘रामोसले यस सिजन ज्यादै कम खेले । उनले राम्रासँग अभ्यास पनि गर्न पाएनन् । क्लबमा पर्याप्त खेल्न नपाउँदा उसको राष्ट्रिय टिममा पर्ने सम्भावना अवश्य पनि कम हुन्छ । त्यसकारण युरो खेल्ने टिममा रामोसलाई राख्ने निर्णय गर्न सजिलो थिएन,’ एनरिकेले भने ।
३५ वर्षीय रक्षक रामोस स्पेनको टिममा निरन्तर पर्दै आइरहेका थिए । उनले युरो २००४ पछिका कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न छुटाएका छैनन् । यसपटक उनको अनुपस्थितीमा लापोर्टे बाहेक पाउ टोरेस, एरिक गार्सिया लगायतका युवा खेलाडीले स्पेनको रक्षापंक्ति सम्हाल्ने छन् ।
जुन ११ बाट सुरु हुने युरोमा स्पेन समूह बी मा रहेको छ । समूह चरणमा स्पेनले स्वीडेन, पोल्यान्ड र स्लोभाकियाको सामना गर्नेछ । स्पेनले समूह चरणमा आफ्ना सबै खेल सेभियाको ला कार्टुया ओलम्पिक रंगशालामा खेल्नेछ ।

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

प्रतिक्रिया