'दोस्रो लहरको कोभिड फैलिएपछि करिब २ अर्बको स्वास्थ्य सामग्री पायौँ'

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दोस्रो लहरको कोभिड-१९ को संक्रमण फैलिएपछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट करिब दुई अर्ब रकम बराबरको स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको बताएका छन् ।
सोमबार मन्त्रालयमा भएको भर्चुअल पत्रकार सम्मेलनमा सरकारको आह्वान पश्चात चीन, स्पेन, स्वीजरल्याण्ड, अमेरिका, बंगलादेश सरकार लगायतका विभिन्न संघसंस्थाहरूबाट स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग प्राप्त भएको उनले बताए ।
उनका अनुसार चीनबाट दुई हजार थान अक्सिजन सिलिन्डर, तिब्बतबाट एक सय ५० थान लिक्वीड अक्सिजन ट्यांक, स्पेनबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र एक लाख २४ हजार एन्टिजेन्ट कीट, स्वीजरल्याण्डबाट ११ लाख एन्टीजेन्ट कीट, ४० भेन्टीलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, बंगलादेशबाट १० हजार रेम्डिसिभिर, सिंगापुरबाट २० भेन्टिलेटर, पीसीआर कीट १ लाख २४ हजार, अमेरिकाबाट ५ लाख एन्टीजेन्ट, पीपीई आएको र थप आउने क्रममा रहेको छ ।
स्वीजरल्याण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिंगापुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड , चीनबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट जम्मा १३ करोड गरी २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपकरण आएको उनले बताए ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया