नेप्से सूचक २९.४७ विन्दुले बढ्याे, ७ करोड ५७ लाख रूपैयाँकाे काराेबार

काठमाडौ। सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो । यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तर जसो घटेको यियो ।
यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो । त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो ।
यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र आइएमई लाइफ इन्स्याेरेन्स परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया