टी-ट्वान्टी सिरिजः नेपालले कुवेतलाई हराउँदै हात पार्यो दोस्रो जित

काठमाडौँ- मलेसियामा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार भएको खेलमा कुवेतलाई ३४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । यसअघि मंगलबार नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
बुधबार नेपालले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्र बनाउन सक्यो ।
कुवेतका लागि जिफा जिलानीले ११ रन जोडिन् । नेपालका लागि इन्दु वर्माले ३ विकेट, खुसी डंगोल २ तथा सीता राना मगर, इश्वरी विष्ट र कविता कुँवरले एक-एक विकेट लिए ।
यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो ।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक २३ रन बनाइन् । बिन्दु रावलले २० रनको योगदान गरिन् । काजल श्रेष्ठले १७ रन जोडिन् ।
कुवेतका लागि मारिअम्मा हैदरले ४ तथा मरयम ओमारले २ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया