स्टार हस्पिटलले गर्याे दुई सय जनाकाे घुँडाको सफल शल्यक्रिया
ललितपुर- सानेपास्थित स्टार अस्पतालका अर्थोपेडिक सर्जन प्रा.डा. दीर्घराज आरसीको टिमले २ सय जनाकाे घुँडाको सफल जोर्नी प्रत्यारोपण गरेको जनाएको छ । डा. आरसीको नेतृत्वमा डा. सुमन मरहठ्ठा र डा. राम यादवको टिमले पछिल्ला केही वर्षमा स्टार अस्पतालमा २ सय जनाकाे घुँडाकाे जोर्नी प्रत्यारोपण गरेको हाे ।
डा. मरहठ्ठाले जोर्नी प्रत्यारोपण अझै नेपालमा नयाँ र गौरवको विषय भएको बताए । उनले १२-१५ वर्षयता नेपालमा जोर्नी प्रत्यारोपण भएको उल्लेख गर्दै नयाँ भवन बनेपछि स्टारबाट आफूहरू जोर्नी प्रत्यारोपणको सेवा सुरु गर्ने बताए ।
'जोर्नीका कारण जीवन असहज भयो भने सुरुमा मेडिसिन र फिजियोथेरापीबाट ठीक पार्ने कोशिस गरिन्छ,' ‘त्यसबाट ठीक नभएमा जोर्नी प्रत्यारोपण गरिन्छ ।’
जोर्नी प्रत्यारोपण अर्थोपेडिक्सभित्रको सबैभन्दा सफल शल्यक्रियामध्ये एक हो। ‘जोर्नी प्रत्यारोपण लाइफ चेन्जिङ शल्यक्रिया हो,’ उनले भने, 'अहिले पनि धेरै मानिसहरू यो उपचार गर्न सक्दैनन् । भारतबाट जोर्नी प्रत्यारोपणमा फेलोसीप गरेर आएपछि नेपालमै गर्नुपर्छ भन्ने सोच थियो ।'
उनले भने 'त्यही कारण मैले १२—१३ वर्षदेखि नेपालमै जोर्नी प्रत्यारोपण गरिरहेको छु । सुरुमा त्यति नियमित थिएन अहिले नियमित छ।' उनले नेपालमा जोर्नी प्रत्यारोपण सेवालाई नियमित र सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि राज्यले सुविधा दिनुपर्ने बताए ।
डा. आरसीले आफूले जोर्नी प्रत्यारोपण केन्द्र स्थापना गरेर उपचार गर्न नसक्नेहरूलाई उपचार गर्न राज्यलाई सुझाव दिएको समेत बताए । उनले स्टार अस्पतालमै जोर्नी प्रत्यारोपण गरेका दिगम्बर शमशेर जबराले आफू सुरुमा घुँडाको जोर्नी प्रत्यारोपण गर्न डराइरहेको स्मरण सुनाए ।
‘डाक्टरले धेरै पहिलेदेखि नै जोर्नी प्रत्यारोपण गर्न सुझाव दिएका थिए तर, सचेतना अभावका कारण म डराइरहेको थिए तर, मैले चिनेको मान्छेले स्टारमै घुँडाको जोर्नी प्रत्यारोपण गरेपछि मैले पनि गत वर्षको असारमा घुँडाको जोर्नी प्रत्यारोपण गराए । एक वर्ष भयो हिड्न र ड्राइभ गर्न सक्छु ।’ उनले भने ।
अस्पतालका मेडिकल निर्देशक डा. दीपक महर्जनले घुँडाको शल्यक्रियापछि झन जीवन गाह्रो हुने भ्रमलाई चिरेर आफूहरू २०० घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको बताए ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया