शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

टी-ट्वान्टी सिरिजः नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य

काठमाडौँ- मलेसियामा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले कुवेतलाई ९० रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक २३ रन बनाइन् । बिन्दु रावलले २० रनको योगदान गरिन् । काजल श्रेष्ठले १७ रन जोडिन् ।

कुवेतका लागि मारिअम्मा हैदरले ४ तथा मरयम ओमारले २ विकेट हात पारे ।