स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ : नेपाल सरकारले स्वास्थ्य संकट लगाउने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । सोमबार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलनको क्रममा उनले त्यस्तो संकेत गरेका हुन् ।
कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु, नियन्त्रणका लागि दातृ निकाय तथा देशबाट प्राप्त सहयोग लगायतका विवरण सार्वजनिक गरेका उनले विज्ञहरूले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका बताए ।
उहाँहरूले संकटकाल लगाउन दिएको सुझावलाई सरकारले सकारात्मक रुपमा लिएको छ। संकटकाल लाग्नसक्नेतर्फ संकेत गर्दै मन्त्री त्रिपाठीले थपे । उनले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेका खर्चहरूको विषयमा बेला बेला श्वेतपत्र जारी गर्दै सर्वसाधारणलाई जानकारी गराउने प्रतिबद्धता समेत जनाए ।
सरकारले हालै ल्याएको कोभिड अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य संकटकाल घोषणा गरिएको खण्डमा देशभरका स्वास्थ्य संस्थाहरू सरकारको नियन्त्रणमा जानेछ र सरकारले ती संस्थाहरूलाई आफ्नो अनुकूल परिचालन वा संचालन गर्नेछ ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया