पाकिस्तानविरुद्ध अफगानिस्तान ५९ रनमै अलआउट

काठमाडौँ- पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तान ५९ रनमै अलआउट भएको छ ।
श्रीलंकाको महिन्दा राजापाक्षे इन्टरनेसनल क्रिकेट स्टेडियममा मंगबार राति २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ ओभर २ बलमा सबै विकेट गुमाएर ५९ रनमात्रै जोड्यो ।
पाकिस्तानविरुद्ध एकदिवसीय खेलमा कुनै पनि टिमले बनाएको यो नै सबैभन्दा कम रन हो । यसअघि न्यूजिल्यान्ड सन् १९८६ मा ६४ रनमा आउट भएको थियो ।
खेल पाकिस्तानले १ सय ४२ रनले जित्दै सिरिजमा १-० को अग्रता समेत लिएको छ ।
मंगलबार राति अफगानिस्तानका लागि रहमतुल्लाह गुरबाजले १८ रन तथा अजमातुल्लाह ओमरजाईले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका चार खेलाडी शून्य रनमै आउट भए । पाकिस्तानका लागि हरिस राउफले सर्वाधिक ५ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय १ रन बनायो । पाकिस्तानका लागि इमाम-उल-हकले सर्वाधिक ६१ रन बनाए ।
अफगानिस्तानका लागि मुजिब उर रहमानले सर्वाधिक ३ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया