शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सुर्खेतमा चेक बाउन्सका मुद्दामा महिला संलग्नता बढी

सुर्खेत- सुर्खेतमा पछिल्लो समय चेक बाउन्सका मुद्दाहरू बढ्दै गएका छन् । पछिल्लो सात महिनाको अवधिमा चेक बाउन्स अनादार सम्बन्धी झण्डै पाँच सय मुद्दाहरू दर्ता भएको प्रहरीले जनाएको छ । गएको माघ महिनादेखि हालसम्ममा उक्त संख्यामा मुद्दाहरू दर्ता भएको हो ।

दर्ता भएका मुद्दाहरू मध्ये हालसम्ममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट एक सय ३९ मुद्दाहरू प्रक्रियामा अगाडि बढेका छन् । प्रहरीको तथ्यांकअनुसार ४५ वटा मुद्दाहरू मिलापत्र भएका छन् । त्यसैगरी अन्य मुद्दाहरू छलफलको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । ‘पछिल्लो समय प्रहरीबाट पनि चेक बाउन्सका मुद्दाहरू दर्ता हुन थालेको छ,’ शाहीले भने, ‘सर्वाेच्चको नजिर आएपछि गएको माघ महिनादेखि मुद्दा दर्ता गर्न थालेका हौँ । अहिले मुद्दा दर्ता गर्नेको संख्या पनि बढ्दो छ ।’

चेक बाउन्स तथा बैंकिङ कसुरमा जाहेरी दिनेहरूमा पुरुष र महिलाहरूको संख्या उस्तै रहेको शाहीले जनाए । मुद्दामा पीडक तर्फ करिब ४० प्रतिशतको संख्यामा महिलाहरू रहेको उनले बताए । ‘अन्य प्रकृतिका मुद्दाभन्दा चेक बाउन्सको मुद्दामा महिलाको संलग्नता बढी देखिएको छ,’ डिएसपी शाहीले भने, ‘अन्य मुद्दामा १० देखि १५ प्रतिशतसम्म महिलाको संलग्नता देखिएको हुन्छ भने चेक बाउन्समा ४० प्रतिशतसम्म महिलाको संलग्नता रहेको देखिन्छ ।’

सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैंकिङ कसुरसम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ । त्यसैगरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतका कसुरसम्बन्धी मुद्दा उच्च अदालतमा रहेका बाणिज्य इजलासमा मात्रै हेर्ने गरिएको थियो । अब भने सबै जिल्ला अदालतमा दर्ता भएर हेर्न थालिएको छ ।
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…