टी-ट्वान्टी सिरिजः हङकङमाथि नेपालको जित

काठमाडौँ- मलेसियामा आजबाट सुरु भएको चारदेशिय टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङविरुद्ध जितका लागि चाहिएको ८५ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सम्झना कुमारी खड्काले सर्वाधिक ३६ रनको योगदान गरिन् । पूजा महतोले १६ रन जोडिन् ।
हङकङका लागि बिबी मरियम, इकरा सहार, मारिको टाविथा अओटा र का यीङ्ग चानले एक-एक विकेट हात पारे ।
यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो ।
हङकङका लागि का यिङ्ग चानले सर्वाधिक ३४ रन तथा सिङ यान डोरोथिया चानले १६ रनको योगदान गरे ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले २ विकेट लिइन् ।
कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री एक-एक विकेट हात पारे ।
सिरिजअन्तर्गत नै मलेसियाले कुवेतलाई ८ विकेटले हरायो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया