गण्डकी प्रदेशले बनायो कोभिड-१९ सहजीकरण समन्वय समिति

पोखरा : गण्डकी प्रदेशले कोभिड-१९ सम्बन्धी सहजीकरण तथा समन्वय समिति गठन गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माको अध्यक्षतामा ७ सदस्यीय प्रदेशस्तरीय समिति गठन भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. राम केसीले जानकारी दिए । ‘प्रदेशका जनताले अस्पतालमा बेड खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न समिति गठन गरेका छौं,’ डा. केसीले भने ।
समितिमा मन्त्रालयका प्रतिनिधि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख अर्जुन आचार्य, मनिपाल अस्पताल, चरक मेमोरियल अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पतालका निर्देशक सदस्य छन् ।
समितिले पोखराका निजी अस्पतालसँग दिनको २ पटक अस्पतालहरूका बेड संख्या, बिरामी संख्याबारे तथ्य संकलन गर्नेछ । यसका लागि अस्पतालहरुमा फोकल पर्सन चुनिएको केसीले बताए ।
प्रदेशमा निजी अस्पतालले बिरामी लिन नमान्ने घटना बढेपछि प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको निर्देशनमा समिति बनाइएको हो । पोखरामा बेड नपाएर बिहीबार स्याङ्जाकी धनमाया गुरुङको मृत्यु भएपछि मन्त्री पुनले बैठक राखेर समन्वय समिति बनाएकी हुन् ।
बैठकमा कोभिडबाट मृत्यु हुनेको शव व्यवस्थापनलाई कसरी छिटोछरितो बनाउनेबारे पनि छलफल भएको थियो । त्यस्तै बेड अवस्थाबारे अस्पतालका फोकल व्यक्तिबाट लिइएको सूचनालाई बिरामीसँग पु¥याउने गरी कल सेन्टर बनाउने निर्णय पनि बैठकले गरेको छ ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया