कोशी प्रदेश सभामा राप्रपाका ६ र एमालेका सात संसद अनुपस्थित

काठमाडौँ - कोशी प्रदेशको प्रदेश सभा बैठकमा १३ जना सांसद अनुपस्थित रहेका छन् । मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव गरेको बैठकमा विपक्षी दल राप्रपाका सबै ६ जना र एमालेका सात जना प्रदेश सभा सदस्य अनुपस्थित रहेका हुन् ।
मुख्यमन्त्री थापाले प्रदेश सभामा विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका छन् । थापाले संविधानको धारा १६८ को उपधारा बमोजिम प्रदेश सभामा विश्वासको मत छ भन्ने प्रष्ट पार्न प्रस्ताव पेश गरेको बताए ।
बैठकमा अहिले दलका नेताहरुले बोल्ने क्रम शुरु भएको छ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया