नेपालविरुद्ध खेल्ने भारतीय टिम घोषणा, विराट र रोहित पनि टिममा

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसीसी एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा भएको छ । बीसीसीआईले सोमबार रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको क्रिक-इन्फोले जनाएको छ ।
एसिया कप अगस्ट ३० बाट सुरु हुँदैछ । यसका लागि भारत समूह ‘ए’ मा रहेको छ । यसै समूहमा आयोजक पाकिस्तान र नेपाल पनि रहेका छन् ।
भारतले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर २ तथा दोस्रो खेल नेपालविरुद्ध सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।
यससँगै नेपालले भारतीय र पाकिस्तानी सिनियर टिमसँग पहिलो पटक खेल्ने सुनिश्चित भएको छ ।
भारतीय टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज, मोहम्मद शमी, इशान किशन, शार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया