देशभर नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौँ- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने यो पर्व आज देशभर मनाइँदैछ ।
आ-आफ्ना घरको मूल ढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाइएको हो । भक्तजनहरुले नागको पूजासमेत गरेका छन् । राजधानीको नागपोखरीमा आज नागको पूजा गर्न बिहानैदेखि भक्तजनको लाम लागेको छ ।
यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
फाेटाेहरू : रासस

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया