प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाई हुँदै

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाइ हुँदैछ ।
संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो ।
समितिका अनुसार पहिलो चरणमा उनीविद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठसँग समितिले सुनवाई सुरु गर्नेछ । जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनवाई सुरु गर्नेछ ।
समितिका सचिव पद्म प्रसाद पाण्डेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरू सम्पर्कमा नआएकाले आज एक जना उजुरीकर्तासँग मात्र समितिले छलफल गर्नेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोही अनुसार आज संसदीय सुनवाई हुन लागेको हो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया