प्रिमियर लिगः साविक विजेता सिटीसँगै ब्राइटनको लगातार दोस्रो जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीसँगे ब्राइटनले लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा सिटीले न्यूकासल युनाइटेडलाई १-० ले पराजित गरेको हो । सिटीको जितमा जुलियन अल्भारेजले निर्णायक गोल गरे ।
यता ब्राइटनले भने उल्भ्सलाई ४-१ गोलअन्तरले पराजित गर्यो । ब्राइटनको जितमा सोली मार्चले २ तथा काउरो मिटोमा र पेर्भिस इस्टुपिनानले एक-एक गोल गरे ।
उल्भ्सका लागि ह्वाङ हि-चानले एक गोल फर्काए । उल्भ्सको यो लगातार दोस्रो पराजय हो ।
यससँगै ब्राइटन गोल अन्तरको आधारमा शीर्ष तथा सिटी दोस्रो स्थानमा उक्लिएका छन् ।
अन्य खेलमा टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई २-०, लिभरपुलले बर्नमाउथलाई ३-१ तथा ब्रेन्टफोर्डले फुलह्यामलाई ३-० ले पाखा लगायो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया