मेस्सीआवद्ध इन्टर मियामीले जित्यो लिग्स कपको उपाधि

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीआवद्ध अमेरिकी क्लब इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ ।
आइतबार बिहान भएको फाइनलमा नासभिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मियामीले उपाधि जितेको हो ।
मेस्सी आवद्ध भएको पहिलो सिजनमै मियामीले उपाधि हात पारेको हो ।
मियामीले नासभिललाई पेनाल्टीमा १०-९ ले पराजित गरेको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
यसअघि निर्धारित समयको २३ औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर नासभिलका फाफा पिकाउल्टले ५७ औँ मिनेटमा बराबरी गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया