मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

५५ वर्षीया महिलालाई कुटपिटपछि बलात्कार, एक जना पक्राउ

सांकेतिक तस्विर

पर्वत - पर्वतमा साउन ३२ गते कुटपिटपछि ५५ वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई कुटपिटपछि बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्की रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।