फिफा विश्वकपः अस्ट्रेलियालाई हराउँदै स्विडेन चौँथोपटक तेस्रो

काठमाडौँ- सह-आयोजक अस्ट्रेलियालाई पराजित गर्दै स्विडेन चौँथोपटक फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ ।
अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनले अस्ट्रेलियालाई २-० ले पराजित गरेको हो ।
स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र कोसोभारे अस्लानीले एक-एक गोल गरे ।
रोल्फोले ३० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । अस्लानीले ६२ औँ मिनेटमा स्विडेनको अग्रता दोब्बर पारिन् ।
स्विडेन यसअघि सन् २००३ मा उपविजेता बन्दा १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो ।
अस्ट्रेलियाले भने पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया