स्वास्थ्यकर्मीको मनोबल बढाउदै स्वास्थ्यमन्त्री

बुटवल : लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको प्रदेश सरकार र सरकारका मन्त्री तथा अन्य पदाधिकारीहरु कोभिड-१९ ले अस्तव्यस्त बनेका अस्पताल पुग्न थालेका छन् । कोभिड-१९ को सबैभन्दा बढी प्रभावित जिल्ला बाँकेदेखि पहाडी जिल्ला पाल्पा रामपुरसम्म प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ पुगेका छन् ।
उनले ती जिल्लाका कोभिड अस्पताल र मातहतका स्वाथ्य केन्द्रहरुमा पनि निरीक्षण गरेका छन् । पछिल्लो एक हप्ता उनले जिल्ला जिल्लामा पुगेर त्यहांका अवस्थाको स्थलगत निरीक्षणसँग उपचारको चापले निस्सासिएका स्वास्थ्यकर्मीको हालखबर सोधेका छन् । प्रदेश सरकारका रुपमा मन्त्री श्रेष्ठलाई अस्पताल परिसरमै पाएर उनीहरुले खुलेर अभाव र आफ्ना पीडा समेत सुनाएका छन् ।
उनिसंगै कतिपय जिल्लामा स्वाथ्य सचिव विकास देवकोटा लगायतका कर्मचारीहरु पनि पुगेका छन् । कोभिड १९ संक्रमित बिरामीको अत्याधिक चापका कारण अस्पतालका बरण्डा र पेटीमा पाल टांगेर उपचार गराउनु परेको गुनासो स्वाथ्यकर्मीहरुले मन्त्री र सचिवसामू राखेका थिए । स्वास्थ्य केन्द्रका कर्मचारीहरुले पहिलो पल्ट प्रदेश सरकार देख्न पाएको भन्दै आभार प्रकट गरेका थिए ।
चरम अभाव र पीडाका दिनहरु महामारीको यो अवस्थामा बिताउनु परेको भन्दै उनीहरुले स्वास्थ्य उपकरण, अक्सिजन, थप जनशक्ति र भौतिक पुर्वाधारमा लगानी बढाउन आग्रह गरेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पताल देखि स्थानीय तहहरुले निर्माण गरेका कोभिड विशेष आइसोलेसनको समेत निरीक्षण गरेका मन्त्री श्रेष्ठले अधिकाश स्थानमा कर्मचारी र पदाधिकारीहरुको सुझाव मागेका थिए । उनले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका थिए ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले पहिलो पंक्तिका स्वास्थ्यकर्मी तथा चिकित्सकले यो संकटपुर्ण समयमा पनि तलबको अलावा केहि नपाएको गुनासो गरेका थिए । सो अस्पतालकका नर्सिङ विभाग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ आफै बिरामी भएर पनि बिरामीको उपचारमा अनवरत खट्ने कर्मचारीहरुको मूल्यांकन नभएको गुनासो गरिन् ।
नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. नितेश कुमार कनोडियाले स्वास्थ्यकर्मी तथा चिकित्सकले संकटपुर्ण समयमा काम गरेपनि तलबबाहेक अरु सुविधा नपाएको बताए । मन्त्री श्रेष्ठले बर्दियाको जिल्ला अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा पनि कर्मचारीहरुको गुनासो सुनेका थिए । त्यहाँका अभावहरुका विषयमा चिकित्सकहरुले मन्त्री श्रेष्ठलाई अवगत गराए ।
यस्तै पाल्पा अस्पताल तानसेन, युनाइटेड मिसन अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, कालीगण्डकी उपचार केन्द्र रामपुर र रामपुर आयुर्वेदिक औषधालय, लुम्बिनी मेडिकल कलेजको पनि निरीक्षण गरेका थिए । उनले निरीक्षणका क्रममा अस्पताल विकास समिति तथा राजनितिक दलहरुलाई समेत भेटेर स्वास्थ्य संस्थामा सहजताका लागि सहजीकरण गर्न र कर्मचारीहरुको मनोबल बढाउन आग्रह गरेका थिए ।
उनले स्वस्थ्यकर्मीहरुलाई उपचारमा केन्द्रित हुन आग्रह गर्दै भने – 'चिकित्सकहरुको उपचारमा लाग्नुस, आवश्यक सिलिण्डर, औषधी तथा अन्य आवश्यक सामग्रीको आपूर्तिमा सरकार छ ।'
उनले व्यवस्थापनमा सरकारका साथमा अस्पताल विकास समिति, जनप्रतिनिधि र संघ संस्थाहरुले जिम्मा लिएमा थप सहज हुने बताए । त्यसको लागि थप सहयोग गर्न अस्पतालमा सर्वपक्षीय सहभागिता रहेको कोभिड नियन्त्रण संयन्त्र बनाउन र जहाँ हरेक व्यक्तिले योग्यता अनुसारको जिम्मेवारी बहन गर्दा सजिलो पर्ने बताए ।
मन्त्री श्रेष्ठले पछिल्लो हप्तामा रुपन्देहीसहित पाल्पा, बर्दिया, बाँके, दाङ, कपिलवस्तु लगायतका जिल्लाका स्वास्थ्य संस्थाको स्थलगत निरीक्षण गरेका छन् । उनले बाँकी जिल्लामा पनि पुगेर वास्तविक समस्याको पहिचान र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गर्ने बताए । झण्डै एक महिना अघि मात्र स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका मन्त्री श्रेष्ठले नागरिक समाज र संस्थाको सहयोगको याचना गरेका छन् ।
दोस्रो पटक मुख्यमन्त्री चयनका विषयमा विावाद भएपछि लुम्बिनी प्रदेश सरकारलाई विपक्षी दलहरुको घोषित रुपमै असहयोग छ । त्यसबाहेक पनि पार्टीभित्रै पनि उनलाई असहयोग रहेको गुनासो आउने गरेको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Si95gpUKZz_idegtdj4dbwxsb7fcyv2yo0npcf0f7r7fbn0uq14g1l4ocx1kftghbwdkzov.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया