मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्छ : बर्तौला

मकवानपुर- प्रतिनिधि सभाका सांसद महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्ने बताएका छन् । मकवानपुर-२ बाट प्रतिनिधि सभामा निर्वाचित बर्तौलाले बफरजोङको परिभाषाको दायरा फराकिलो बनाउँदै मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्ने बताएका हुन् ।
नेकपा एमालेका सचेतक समेत रहेका बर्तौलाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक सिन्धु ढुंगानासँग शुक्रबार संरक्षण क्षेत्र, निकुञ्जको कोर एरिया तथा बफरजोङका विषयमा छलफल गरेका छन् । महानिर्देशक ढुंगानासँगकाे भेटमा उनले भने, ‘निकुञ्जको कोर एरियामा सकेसम्म कंक्रिटवाल त्यो सम्भव नभए कम्तीमा अपसेट तारबार गर्नुपर्छ ।’
कंक्रिटवाल वा अपसेट तारबारले जनता र जनावरबीचमा हुने द्वन्द्व कम हुने बर्ताैलाकाे भनाइ छ । उनले ढुंगानसँग मकवानपुरको हाडीखोला क्षेत्रकाे कुरा राख्दै भने, 'बर्सेनि जंगली जनावरको आक्रमणमा परि जीउधनकाे क्षति हुन्छ । जंगली जनावरकाे कारण मानिसकाे मृत्यु भएका मृतकको परिवारले क्षतिपूर्ति वापत पाउने रकम १० लाख रुपैयाँबाट बढाएर २५ लाख पुर्याउनु पर्छ ।
उनले मनहरी लगायतको क्षेत्रमा भूमि आयोगले वितरण गर्न लागेको जग्गाको निस्सा वितरणमा निकुञ्जले समस्या खडा गर्दा कुनै पनि बेला वन र स्थानीयबीचमा समेत झडप हुन सक्ने उल्लेख गर्दै भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गा प्राप्त गर्नमा सहजीकरण गर्न समेत ढुंगानासँग अनुरोध गरेका छन् । छलफलकै क्रममा मनहरी गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेतीले आफू अध्यक्ष हुँदा राप्ती संरक्षणबाट प्राप्त र प्रतापपुर क्षेत्रको बस्ती स्थानान्तरणबाट करिब ९ सय विघाह जग्गा उकासिएकोमा खोलाले ४ सय विघाह बगर बनाउन लागेकाेले उक्त जग्गाको संरक्षण समेत गर्नु पर्ने बताए ।
सांसद बर्तौलासहितकाे टाेलीसँगकाे महानिर्देशक ढुंगानाले छलफलमा उठेका विषयकाे समाधान गर्न आफू सकारात्मक रहेको बताए । सांसद बर्तौलाले पनि विभाग सकारात्मक भए हाडिखाेला क्षेत्रमा जनतालाई पर्यटन विकासका माध्यमबाट रोजगारी सृजना गरी युवाहरूलाई स्थानीय स्तरमा नै टिकाउन सहयाेग पुग्ने धारणा व्यक्त गरे ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया