बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

आईएससीको सर्टिफिकेट नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ- चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत एक विद्यार्थी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन् । गएराति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नसिम अख्तरलाई पक्राउ गरेको हो ।

सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।