बजारमा माग कम हुँदा उद्योग सञ्चालनमा समस्या
हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन । कोभिडको दोस्रो लहर सुरु भएपछि जारी निषेधाज्ञामा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेका हुन् । बजार ठप्प हुँदा औद्योगिक उत्पादनको माग घटेको छ । एकातिर उद्योगले निषेधाज्ञा कहिलेसम्म लम्बिने जानकारी नहुँदा उत्पादन नै कम गर्न सुरु गरेका छन् । औद्योगिक उत्पादन कम हुने भएपछि उद्योगले सञ्चालन अवधि पनि घटाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले उद्योगमा कार्यरत कर्मचारीहरुलाई बिहान ६ बजेदेखि ७ बजेसम्म उद्योगमा पुगिसक्नुपर्ने र बेलुका ६ बजेदेखि ७ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू गरेको छ । केही थोरै कर्मचारीहरु भएको उद्योगमा भने उद्योगमै बस्ने व्यवस्था भएको हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए ।
अधिकांश उद्योगहरुमा कार्यरत कर्मचारीहरु घरबाट आवातजावत गर्छन । निषेधाज्ञाको अवधिभर उनीहरुलाई उद्योगसम्म ल्याउन–लैजान बसको व्यवस्था गरिएको छ । औद्यागिक क्षेत्रको गोर्खा लाहारीमा कार्यरत मिन कुमार लामिछाने भन्छन्, ‘बिहान बस लिन आउँछ, बेलुका छोड्न जान्छ ।’ एक हप्ता उद्योगमा काम गर्ने एक हप्ता घरै बस्ने गरेको उनले जानकारी दिए ।
अहिलेको अवस्थामा ६५ उद्योगहरु मात्रै सञ्चालनमा आएको हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख कँडेलको भनाई छ । उनका अनुसार ५० उद्योगहरु अझै सञ्चालनमा आउन सकेका छैनन । ‘निषेधाज्ञा कारण ती उद्योगहरु सञ्चालनमा आएका छैनन’ उनले भने । औद्योगिक कच्चापदार्थ ल्याउन सहज भएपनि केही मजदुर कोभिड संक्रमित पनि भएका छन् । निषेधाज्ञा अवधि अघि मल्टिनेशनल कम्पनीले मात्रै कर्मचारीको लागि बसको व्यवस्थापन गरेको थियो भने अहिले चलेको सबै उद्योगले कर्मचारी ल्याउन–पु¥याउन बसको व्यवस्थापन गरेका छन् ।
औद्योगिक क्षेत्रमा भएका कुल ११२ उद्योगहरु सञ्चालनमा नआउँदा राज्यको राजश्वमा समेत कमी आउने देखिएको छ । कोभिड अघि गएको वर्षमा औद्योगिक क्षेत्रमा भएका उद्योगहरुले मासिक राज्यलाई कर, भन्सार शुल्क, आयकर लगायत गरी कुल एक अर्ब तिर्ने गरेको प्रमुख कँडेल बताउँछन् ।
उनले निषेधाज्ञा धेरै लम्बिएर बजार खुल्न सहज नभए उद्योगहरु क्रमश बन्द हुँदै जाने पनि बताए । अहिले चलेका उद्योगहरु पनि बन्द हुने अवस्था आउने सक्ने उनको भनाइ छ । यसले राज्यले उठाउने करमा समेत धक्का लाग्ने उनको अनुमान छ । हेटौंडा औद्योगिक क्षेत्रमा मात्रै करिब पाँच हजार मजदुर कार्यरत छन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया