रुकुम पश्चिममा पुरुषको शव फेला

रुकुम पश्चिम - रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । आठबीसकोट नगरपालिका–६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् ।
९ दिनदेखि बेपत्ता बोहोराको शव गलेको अवस्थामा गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले फेला पारेको हो । छातीमा लागेको जस्तो देखिएकाले उनको गोली प्रहारबाट मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सिकार गर्न जाने क्रममा आफ्नै बन्दुकको गोली लागेर वा अन्य कसैले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवसँँगै भरुवा बन्दुक पनि भेटिएकोे छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया