पाकिस्तानमा कोभिड सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्यो, शैक्षिक संस्था जून ६ सम्म बन्द

इस्लामाबाद : पाकिस्तानमा कोभिड-१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ ।
‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी) को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले लेखेको छ, 'पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमित थप ७४ जनाको मृत्यु भएको छ भने कूल मृतक सङ्ख्या २० हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ८४ जना सङ्क्रमित भएका छन् । प्रकोप शुरू भएदेखि सिन्ध प्रान्तमा तीन लाख छ हजार ७०७, पञ्जाबमा तीन लाख ३३ हजार ५७, खैबर पख्तून्ख्वामा एक लाख २९ हजार १३, बलूचिस्तानमा २४ हजार ४१३ र पाकिस्तान प्रशासित काश्मिरमा १८ हजार ६५१ व्यक्ति सङ्क्रमित रहेका छन् ।'
संघीय शिक्षा मन्त्रालयले शुक्रवार दिएको जानकारीमा पाकिस्तानका ५२ जिल्लामा कोभिड-१९ पुष्टि हुनेको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी रहेको जियो न्युजले जनाएको छ । यसैबीच, सिन्धका १२ जिल्लामा कोभिड-१९ सङ्क्रमण दर उच्च रहेको भन्दै शैक्षिक संस्थानहरू जून ६ सम्म बन्द रहने बताइएको छ । (एएनआई)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया