धनगढीका ९ विद्यालय समायोजन

कैलाली- धनगढी उपमहानगरपालिकाले नौ वटा विद्यालयलाई समायोजन गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि कार्यपालिका र नगर सभाको निर्णय बमोजिम भौतिक पूर्वाधार र शिक्षक अभाव तथा न्यून विद्यार्थी भएका विद्यालयहरूलाई विद्यालय समायोजन तथा दरबन्दी मिलान नियमावली– २०८० बमोजिम समायोजन गर्ने काम भएको हो ।
उपमहानगरले यो वर्ष १४ विद्यालय समायोजन गर्ने निर्णय गरेकोमा बिहीबारसम्म ९ विद्यालय समायोजन भएका हुन् ।
समायोजन भएका विद्यालयहरू:
१) जोकैया आ.वि. धनगढी-११को कक्षा १-३ बेला आ.वि. धनगढी-११ मा,
२) नेपाल भूपू सैनिक आ.वि. धनगढी-१८ को कक्षा २-३ खप्तडी आ.वि. धनगढी-१८ मा,
३) कालिका आ.वि.धनगढी-१७ को कक्षा ४-५ न्यू कालिका आ.वि. धनगढी-१७ मा
४) भैरब बाबा आ.वि. धनगढी-६ को कक्षा ६-८ बासुदेवी मा.वि. धनगढी-६ मा
५) सरस्वती आ.वि. धनगढी-९ को ६-८ धनगढी नमुना प्राविधिक मा.वि. धनगढी-८ मा,
६) नवदुर्गा आ.वि. धनगढी-१२ को कक्षा ६-८ दुर्गा आ.वि. धनगढी-१२ मा
७) जनजागृति आ.वि. धनगढी-१५ को कक्षा ६-८ राष्ट्रिय मा.वि. धनगढी-१५ मा
८) जनता राष्ट्रिय मा.वि. धनगढी-१३ को कक्षा ९-१० जनता राष्ट्रिय मा.वि. धनगढी-१३ कैलालीगाउँमा
९) दिपेन्द्र चारपाते मा.वि. धनगढी-१६ को कक्षा ९-१० बेहडाबाबा मा.वि. धनगढी-१६ मा ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया