गणपूरक संख्या नपुग्दा संसदीय समितिको बैठक बस्न सकेन

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित भएको छ । बिहीबार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो ।
आजको सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने विषय राखिएको थियो । संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेसँगै समितिमा गणपूरक संख्या नपुगेको हो ।
बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले अहिले संसद् नचलिरहेको समयमा समितिहरू जागरूक हुँदा संसदलाई चलाउन निकास निस्किनसक्ने भएकाले पनि बैठक बोलाइएको बताए । उनले राष्ट्रिय समस्याका रूपमा रहेको बेरुजु, आर्थिक हिनामिना र अनियमितताबारे छलफल गर्न लागे पनि कोरम नपुग्दा बैठक बस्न नसकेको बताए ।
ज्येष्ठ सदस्य सभापति केसीले सबै समितिमा सभापति सकेसम्म चाँडो चयन हुनुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया