लिभरपुल र चेल्सीको च्याम्पियन्स लिग सपना पूरा

काठमाडौँ : अन्तिम खेलमा जित निकाल्दै लिभरपुलको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना पूरा भएको छ । आइतबार राती भएका खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २-० गोलले हराउँदै तेस्रो स्थान स्थान पक्का गरेको हो । जितसँगै लिभरपुल ३८ खेलबाट ६९ अंकसहित लिगको तेस्रो स्थानमा रह्यो ।
यस्तै चेल्सी एस्टन भिल्लासँग २-१ गोलले पराजित भएपनि अन्तिम चारमा स्थान बनाउन सफल भयो । अन्तिम खेलमा लेस्टर सिटी टोटनहमसँग पराजित भएपछि चेल्सीको भाग्य खुलेको हो । चेल्सी ३८ खेलबाट ६७ अंकसहित चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट भएको हो । चेल्सी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टिम हो । उसले उपाधिका लागि लिग च्याम्पियन सिटीसँग अर्को हप्ता लिस्बनमा खेल्नेछ ।
टोटनहमसँग पराजित भएको लेस्टरको भने ६६ अंक छ । अन्तिम खेल गुमाउनु लेस्टरका लागि दुर्भाग्य सावित भयो । यो सिजनको उपाधि म्यानचेस्टर सिटीले उचाल्यो भने लामो समयपछि म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा रह्यो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया