भरतपुरकाे जंगलमा ८ वटा सवारीसाधन एकैपटक ठोक्किए, २० जना घाइते (भिडियाे)

भरतपुर - रत्नगनगर सडकको टिकौली जंगलमा आठ वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका- ९ टिकौली जंगलमा बुधवार ११ः४० बजे अक्सफोर्ड कलेज गैंडाकोटको बसले शव बोकेको बोलेरोलाई ठक्कर दिँदा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत एकआपसमा ठोक्किन पुगेका थिए । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको भरतपुर अस्तपाल, पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भईरहको छ ।
गम्भिर घाइते हुनेहरुमा खैरहनी नगरपालिकाका ६५ वर्षीय कृष्णबहादुर तामाङ, ८२ वर्षको जितबहादुर तामाङ, रत्ननगरका- १४ का ५५ वर्षीय कुसुमबहादुर राना, डोलबहादुर कार्की, ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर- ९ ३५ वर्षीय किशोर तामाङ र हेटौँडा उपमहानगरपालिका- १४ ६५ वर्षीय महोन तामाङ रहेका छन् । उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी रत्ननगर- १४ का पुरन लामा, बुद्धिराम तामाङ, रेशम पोख्रेल, रत्ननगर- १६ का दिलबहादुर घिसिङ र काठमाडौँ गोकर्ण- ४ बस्ने ४८ वर्षीया तारा श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको छ ।
बोलेरो गाडीमा सवार गैंडाकोट नगरपालिका- ८ का ५१ वर्षीय लोकराज लामा, आईतराम कामी, गोपाल तामाङ, पुष्प तामाङ, कृष्ण लामा, जीवन लामा घाईते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । लोकराज बाहेक अन्यको पुरानो मडिकल कलेजमा उपचार भइरहेको छ । बा.प्र.०३–००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक रत्ननगर- १४ का ३३ वर्षीय शंकर परियार र पछाडि सवार दिवेश शाक्य सामान्य घाईते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ आउँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । लगत्तै बा.प्र.०६–००१प९९८१, बा.प्र.०३–००५प९७, ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाईकल र बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरका स्कुटर एकआपसमा ठोक्किएका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया