कोशीमा ८० वर्षीय मण्डल राज्यमन्त्री नियुक्त, सपथ लिँदै

विराटनगर- मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीयगयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्री बनाएका हुन् ।
मण्डलले आजै बिहान ९ बजे सपथ लिने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालिन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका छन् ।
प्रदेश सभाको बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् । सभामुखको राजिनामापछि प्रदेश सभाको बैठक उपसभामुख सृजना दनुवारले संचालन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
थापालाई प्रदेश सभाबाट विश्वासको मत लिनका लागि उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ । सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालिन सभामुख गौतमलाई पदबाट राजिनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउनेसम्मको रणनीति बनाइरहेको छ ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार कुनै कारण देखाएर बैठकमा अनुपस्थित भएमा ज्येष्ठ सदस्य मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुपर्ने छ ।
नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित भएका प्रदेश सभा सदस्य मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने अवस्थाको अन्त्य गर्नका लागि मुख्यमन्त्री थापाले उनलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कोशी प्रदेशमा अहिले सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीको १ सिट गरी ४७ सिटको सरकार बनेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस नेतृत्वको सरकारमा जान इच्छुक नभएपछि मुख्यमन्त्री थापा प्रदेश सभाको सहुलियत बहुमत बिनै ४७ सांसदको समर्थनले मात्रै सरकारको नेतृत्व गरिरहेका छन् ।
सभामुख गौतमको राजिनामापछि बहुमत पुर्याएर साउन १६ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभाबाट विश्वासको मत लिएर सरकार विस्तार गर्ने बताउँदै आएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री थापाले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_ttZhEMatQh_xqgosreh1hj1mceigjri5smsbuek6h0wfhwfxskmyb6qghnkmxubbpuloh08.jpg)
प्रतिक्रिया