बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुटवल। नेपाल विद्यार्थी संघ रुपन्देहीले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ। असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले आइतबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेको विरोधमा नेविसंघ रुपन्देहीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ। नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीको नेतृत्वमा भएको कार्यक्रममा विद्यार्थी नेताहरू अशिम थापा, सन्दिप पाण्डे, हिमाल कार्की, रोशन थापा, सुरज आचार्य, आकाश सुबेदी लगायतको उपस्थिति रहेको थियो ।
नेविसंघले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँमिलमा विरोध कार्यक्रम गरेको हाे । नेविसंघले प्रतिगमनकारी तानाशाह प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि बलात्कार गरेको आरोप लगाएको छ। नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने चेतावनी नेविसंघले दिएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया