पोखराका गुरुङ समुदायले मनाए ट्होटें पर्व

कास्की- तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व पोखराका गुरुङ समुदायले मनाएका छन् ।
तमु धिं नेपालको आयोजनामा मङ्गलबार बृहत् र्यालीसहित उनीहरूले पोखरामा ट्होटें पर्व मनाएका हुन् । हरेक वर्षको साउन र चैतको अन्तिममा मनाउने पर्व यो वर्ष पनि विविध कार्यक्रम गरी मनाइएको तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले जानकारी दिइन् ।
विगतमा आफ्नो ट्हो (राज्य) सुरक्षाका लागि मनाउने पर्व परिमार्जित स्वरूपमा पोखरामा मनाइएको महासचिव गुरुङले बताइन् । उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ ।
“गण्डकीलगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातिको महान चाड हो”, गुरुङले भनिन्, “वर्षको साउन र चैत महिनाको दुई वटा मङ्गलबारमा ट्होटें मनाउँदै आएका छौँ । यो परिवर्तित समयानुसार मनाएको छौँ । यसले हाम्रो आफ्ना संस्कृति जगेर्नामा महत्त्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।”
पहिले गाउँ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले गुरुङको पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए । उनका अनुसार तमु धिंले २०५२ सालदेखि सामूहिकरूपमा ट्होटें मनाउँदै आएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवीले ट्होटेंसहित ल्होसारमा महानगरपालिकाले साथ दिने बताइन् । “विगतमा पनि तमु धिंसँग केही सहकार्य र सहयोग गरेका थियौँ”, उपप्रमुख गुरुङले भनिन्, “आगामी दिनमा अझै प्रभावकारीरूपमा सहकार्य गर्दै जानेछौँ ।”
तमु (गुरुङ) भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । ट्होटेंको अवसरमा तमु धिं नेपालले मङ्गलबार रानीपौवाबाट ट्होटें र्याली महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालको कार्यालयमा पुगेर मूल समारोहमा परिणत भएको थियो । रासस
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_qucvtwDKen_crbdbmkj2ou3g0euo27tdv9tz3oxocmg1ybmy4e1h3yohl9eloooqe2242gw.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया