दोलखाका तत्कालीन सिडिओ खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर

काठमाडौँ- विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज घुस र हिनामिना गरेको विभिन्न पाँच वटा कसुरमा दोषी ठहर गरेको हो ।
अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख बिगो र सोहीअनुरूप जरिवाना हुने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो । रासस

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया