बागमतीका १४ सांसदले दिए स्पष्टीकरण

हेटौंडा : बागमती प्रदेशको १४ जना सांसदहरुले सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । शनिबार एमाले बागमती प्रदेशको संसदीय बोर्डले आज साँझ ५ बजेसम्मको समयसीमा तोकेर १४ जना माधव नेपाल पक्षका सांसदहलाई स्पष्टीकरण सोधेको थियो ।
अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्ण खनाल, शान्तिप्रसाद पौडेल, मनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवालले स्पष्टीकरणको लिखित जवाफ पेश गरेका हुन् । उनीहरू बोर्डले कस्तो प्रतिक्रिया दिन्छ भनेर कुरेर बसेका छन् । लिखित जवाफ पेश गरेको तर अहिल्यै जवाफ सार्वजनिक नगर्ने सांसद मुनु सिग्देलले बताइन् ।
लामो समयदेखि संसदीय दल, पार्टी र दलका नेता तथा सरकारविरुद्ध गतिविधि गरेको र राष्ट्रिय सभा निर्वाचनमा पार्टीलाई हराउन भूमिका खेलेकाले कारबाही किन नगर्ने भनेर उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । उनीहरु सबैको लिखित जवाफ आएको र यसबारे थप अध्ययन गरेरअघि बढ्ने बोर्डका सदस्य दिपक निरौलाले जानकारी दिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया