बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

घाँस काट्न जाँदा भिरबाट लडेर मकवानपुरमा एककाे मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा घाँस काट्न जाँदा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ईन्द्रसरोवर गाउँपालिका ३ चित्रेघारीस्थित भिरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको ज्यान गएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका बम्जन अचानक भीरबाट लडेर घाइते भएका थिए । घाइते बम्जनको उपचारको काठमाडौ जिल्लाको फर्पिङ्तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

जोखिमपूर्ण भिरालो जमिन भएको मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ, कैलाशलगायतको क्षेत्रमा घाँस दाउरा तथा सोतर संकलनको क्रममा भीरबाट लडेर बर्सेनि स्थानीयको ज्यान जाने गरेको छ ।