जेठ १३ देखि असार ३ सम्म एक खर्ब १२ अर्ब आन्तरिक ऋण उठाइने

काठमाडौँ : चालु आर्थिक वर्षमा सरकारी खर्च कमजोर हुने प्रक्षेपणका बाबजुद पनि सरकारले आन्तरिक ऋण भने २ खर्ब २५ अर्ब रुपैयाँ नै उठाउने भएको छ । सरकारले एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण आर्थिक वर्षको अन्तिम चौमासिकमा उठाउने तालिका रहेकोमा जेठ १३ देखि असार ३ सम्म एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाइन लागेको हो ।
यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया