ट्होटें पर्व मनाउन कास्कीका विद्यालयमा बिदा

पोखरा- तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व मनाउन कास्कीका विद्यालय बन्द हुने भएको छ ।
ट्होटें पर्व मनाउन लागि तमु धिं नेपालको आग्रहमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखरा कास्कीले जिल्लाका सबै जिल्लालाई बिदा दिन पत्र काटेको छ । स्थानीय बिदाबाट कट्टी हुने गरी बिदा दिन कास्कीका ५ वटै स्थानीय तहलाई बाधार्थसहितकाे पत्र मार्फत अनुरोध गरेको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए ।
हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्व मंगलबार पनि तुम धिं नेपालले विविध कार्यक्रम गरी मनाउँदैछ । उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुई पटक मनाइने प्रचलन छ । तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार मंगलबार पोखरा ११ रानीपौवादेखि तमु धिंको कार्यालयसम्म र्याली आयोजना हुनेछ ।
उक्त र्यालीमा पोखरामा रहेको विभिन्न गुरुङ समाज सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । झाकी र्यालीमा सहभागी समाजमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई विशेष पुरस्कारको व्यवस्था रहेको उनले सुनाए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया