शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

एसिया कपका लागि नेपाली टिम घोषणा

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसीसी एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कपको तयारीका लागि नेपाली टोली एक हप्ता अगाडी नै पाकिस्तान पुग्ने क्यानले जनाएको छ ।

प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने तालिका छ । 

एसिया कपका लागि नेपाली टोली समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगस्ट ३० तथा दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

नेपाली टिमः