बाढीले कागबेनी बजार जलमग्न, नेपाली सेनाद्वारा स्थानीयलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण (फोटो फिचर)

काठमाडौं । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारस्थित कागखोलामा हिजो आइतबार बेलुकी ७:४० बजे आएको बाढीको कारण बजार जलमग्न भएपछि नेपाली सेनाले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा स्थानन्तरण गरेको छ ।
नेपाली सेनाका अनुसार उक्त इलाकाबाट करिब ५ सय मिटर माथि पर्ने कागबेनी-मुक्तिनाथ सडक खण्ड नजिक सुरक्षित क्षेत्रमा सारिएको हो ।
हालसम्म उक्त इलाकामा कागबेनी लोमान्थाङ जाने पक्की पुल-१, काठेपुल-१ बगाएको जानकारी सेनाले दिएको छ ।
जोमसोमस्थित नारायणदल गणबाट १/४५ को फौज आज सोमबार बिहान साढे पाँच बजे उक्त ईलाकामा उद्दार कार्यमा खट्टिएको थियो । वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको लेदो सहितको बाढीले हालसम्म कुनै पनि मानवीय क्षति नभएको पनि सेनाले जनाएको छ ।
भौतिक क्षतितर्फ कागबेनी बस्तीमा ३१ वटा घर/होटल जोमसोम कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतिय पोल बगाएको जानकारी सेनाले दिएको छ।
सेनाले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त इलाका जलमग्न भई बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाईका कारण एकिन तथ्यांक संकलन गर्न कठिनाई भएको छ ।
खटिएको सैनिक टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहयोगमा खोज तथा उध्दार कार्य जारी राखेको सेनाले जनाएको छ ।
तस्बिर साैजन्य : नेपाली सेना

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

प्रतिक्रिया