क्लबसँगको वार्तापछि एमबाप्पे फर्किए पीएसजीको प्रशिक्षणमा

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को पहिलो टोलीसँगको प्रशिक्षणमा फर्किएका छन् । पीएसजीका सिईओ नासर अल-खेलाइफीसँगको वार्तापछि एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।
'पीएसजी-लोरियन्टबीचको खेल अघि पेरिस सेन्ट जर्मेन र कायलियन एमबाप्पेबीच धेरै रचनात्मक र सकारात्मक छलफल भयो । छलफलपछि एमबाप्पेलाई पहिलो टोलीको प्रशिक्षणमा पुन: स्थान दिइएको छ,' क्लबले विज्ञप्तिमार्फत जनाएको छ ।
२४ वर्षीय एम्बाप्पेलाई पीएसजीले गत महिना बिक्रीमा राखेको थियो र उनलाई पहिलो टोलीसँग प्रशिक्षण गर्न नदिई अलग्गै प्रशिक्षण गर्न लगाइएको थियो ।
पीएसजीले एमबाप्पेलाई प्रि-सिजन एशिया भ्रमण टोलीबाट समेत बाहिर राखेको थियो । त्यसैगरी, लिग वान सिजनको पहिलो खेलमा पीएसजी बराबरीमा रोकिँदा एमबाप्पेले खेल मैदान बाहिर बसेर हेरेका थिए ।
एमबाप्पेको हालको सम्झौतामा मात्र एक वर्ष बाँकी छ र उनले नयाँ सम्झौतापत्रमा हस्ताक्षर गर्ने वा नगर्ने भन्नेबारे केही खुलाएका छैनन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया